images

Sep 29 2026 | २०८३, असोज १३ गते

संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २९ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २९ २०८२
  • संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

    काठमाडौँ।  नेकपा माओवादी केन्द्रले संसद् पुनर्स्थापनाको माग गर्नेहरूलाई अहिलेको परिस्थिति ख्याल गर्न आग्रह गरेको छ ।

    बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रको तर्फबाट नेता हितराज पाण्डेले  यस्तो बताएका हुन् ।

    उनले संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कने बताए । नेता हितराज पाण्डेले जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको बताए । अगाडि भने, ‘हाम्रा कमजोरी के कसो छन् समीक्षा गरौं ।’ 

    निकासका लागि परिस्थिति हेर्नुपर्ने उनको आग्रह छ । ‘संविधानको किताब हेर्दा यो सरकार गठन र विघटनलाई असंवैधानिक देखिन सक्छ । तर, अहिलेको परिस्थिति ख्याल गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले चुनावको वातावरण बनाउनुपर्छ ।’

    तर, त्यही बैठकमा एमालेले भने संसद् पुनर्स्थापनाको माग राखेको छ । यसमा दलहरूले दबाब सिर्जना गर्नुपर्ने बताएको छ । एमालेले त प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेरै टिप्पणी गरेको छ ।

    नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए ।एमालेले दलहरूको साथ खोजिरहेका बेला माओवादीले संविधानको किताब हेरेर अहिले निकास ननिस्कने भन्दै चुनावमै जोड गर्न सुझाएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट