images

Sep 29 2026 | २०८३, असोज १३ गते

यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन : अध्यक्ष लिङ्देन

यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन : अध्यक्ष लिङ्देन

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २९ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २९ २०८२
  • यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन :  अध्यक्ष  लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधान र यही निर्वाचन प्रणालीले देशलाई दीर्घकालीन निकास नदिने बताएका छन् । 

    वर्तमान निर्वाचन प्रणाली र सिस्टमले देशलाई निकासा नदिए पनि निर्वाचन भइहाल्ने वातावरण बने राप्रपा यसबाट पछि हट्नेसमेत अध्यक्ष लिङ्गदेनले उद्घोष गरेका छन् । 

    आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले संसद् विगठन गर्नुपर्छ भनेर पहिले निष्कर्ष निकालेको स्मरण गरे ।

    उनले अहिलेको आन्दोलनको पक्ष जीन-जी र परम्परागत शक्तिको प्रतिनिधि राजाबीच कसैले नहार्ने र देशले जित्ने नवीन समाजदारी हुनुपर्ने बताए ।  ‘यही संविधान र निर्वाचन मार्फत देशले दीर्घकालीन निकास दिँदैन। तर पनि निर्वाचन भइहाल्ने वातावरण भयो भने राप्रपा यो निर्वाचनबाट कुनै पनि हालतमा भाग्दैन ।’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट