प्रचण्डले भने– माओवादीको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर वाम शक्तिलाई एकताबद्ध बनाउने हो
प्रचण्डले भने– माओवादीको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर वाम शक्तिलाई एकताबद्ध बनाउने हो
काठमाडौँ । पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको बताए ।
‘समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ । त्यो घोषणा केही दिनभित्र हुनेछ,’ प्रचण्डको सचिवालयका अनुसार उनले भनेका छन्, ‘हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो ।’
फरक प्रसंगमा प्रचण्डले संसद पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको बताए । एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।’
