images

Sep 29 2026 | २०८३, असोज १३ गते

विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूले भने : कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ढिलाई गर्नु हुँदैन

विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूले भने : कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ढिलाई गर्नु हुँदैन

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २ २०८२
  • विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूले भने : कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ढिलाई गर्नु हुँदैन

    काठमाडौँ । नेपाली कांग्रेसले नेपाल राजनीतिक इतिहासको गम्भीर, संवेदनशील र महत्त्वपूर्ण मोडमा रहेको बताएका छन्। नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरी हस्ताक्षर गरेका प्रतिनिधिहरूले आज बिहान पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते पश्चात् नेपालको राजनीति नयाँ र विशिष्ट चरणमा प्रवेश गरेको जनाएका हुन्। 

    उनीहरुले बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै पार्टी विधानको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेको जनाएको छ। केन्द्रीय समितिको बैठकलाई सुक्ष्मरुपमा नियालिरहेको उनीहरूको भनाई छ। नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टी विधान बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकोले यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि नभएको बताए। 

    कांग्रेस नेता मनोजमणि आचार्यले राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको बताए । प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरि आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस भएको संस्थापनइत्तर पक्षको भनाई छ। 

    ‘आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरि आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरि विशेष महाधिवेशनको माग गरिएको हो।’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन। तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयन तर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको  व्यहोरा पुनः स्मरण गराउन चाहन्छौं।’

    पार्टीभित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास रहेको उनीहरुको भनाई छ। अहिले पनि आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरि नयाँ कार्यसमितिको चयन गर्न उनीहरुले माग गरे।

    उनीहरुले केन्द्रीय कार्यसमितिको बैठक बिनाकारण लम्ब्याउने, ढिला गर्ने काम भएको भन्दै आपत्ति जनाए। ‘राष्ट्रिय राजनीति अत्यन्त तिब्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने,अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाई गर्ने छुट हामीलाई छैन। असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक  बिनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कार्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले  वर्तमान कार्य समितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने  र  केन्द्रीय कार्यसमितिको म्याद थप्न तर्फ उद्धत रहेको प्रष्ट देखिन्छ। वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

    केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यहरुले आपत्तिजनक धारणा राखेको भन्दै विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रुपमा ग्रहण गरि कार्यान्वयनतर्फ अघि बढ्न उनीहरुले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट