images

Sep 29 2026 | २०८३, असोज १३ गते

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २ २०८२
  • सुशीला कार्की नेतृत्वको सरकार खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

    काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताएका छन्। 

    हालै बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसद् भङ्ग गर्ने र नयाँ अन्तरिम सरकार गठन गर्नेसम्म पुगेको भएपनि आन्दोलनको उद्देश्य प्राप्त गर्न असफल भएको बताए।

    उनले भने, ‘आन्दोलनको मर्म र उद्देश्य पूरा गर्ने खालको भएको छैन। यहाँ फेरि नयाँ षड्यन्त्रहरू देखिँदै छन्। अन्तरिम सरकार जेनजी मागको अनुरूप भएको छैन। यो सरकार बन्दै रहस्यमय तरिकाले बनेको छ।’ 

    उनले राजनीतिक दलहरू पनि आफ्नो समर्थनमा यो सरकार बनाएको भनेर समर्थन गर्न कुनै पनि तयार नभएको बताए। मन्त्रीहरू पनि जेनजी आन्दोलनको भावना विपरीत आए भन्ने कुरा उठेको पनि बताए। यो सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट