images

Sep 29 2026 | २०८३, असोज १३ गते

शंकर पोखरेलको टिप्पणी : “बालेनले राजनीतिक दललाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोजे”

शंकर पोखरेलको टिप्पणी : “बालेनले राजनीतिक दललाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोजे”

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ६ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ६ २०८२
  • शंकर पोखरेलको टिप्पणी : “बालेनले राजनीतिक दललाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोजे”

    काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले असोज २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्न खोज्ने प्रयासलाई गलत बताउँदै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्ने बताएका छन्।

    पोखरेलले आज  सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानून अनुसार कारबाही हुनैपर्छ।”

    उनले विध्वंस र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाइएको आरोप पनि लगाएका छन्। पोखरेलका अनुसार, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दलहरूलाई दोषारोपण गरेर आफू “पानीमाथिको ओभानो” बन्न खोज्नु हास्यास्पद कार्य हो।

    पोखरेलले लेखेका छन्,“विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने वालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ।”

    महासचिव पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिइनुपर्ने भन्दै एमालेको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्।

    “नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न देऊ! नेकपा (एमाले)को पूर्ण सहयोग रहनेछ,” उनले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट