images

Sep 29 2026 | २०८३, असोज १३ गते

आन्दोलन नगरी वार्ता र संवादबाट समाधान खोजौं: गृह मन्त्रालय

आन्दोलन नगरी वार्ता र संवादबाट समाधान खोजौं: गृह मन्त्रालय

एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक ८ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, कात्तिक ८ २०८२
  • आन्दोलन नगरी वार्ता र संवादबाट समाधान खोजौं: गृह मन्त्रालय

    काठमाडौँ। गृह मन्त्रालयले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा सार्वजनिक भइरहेका धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रमहरूप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाउँदै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ।

    मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ  ‘जेन–जी पुस्ताको अगुवाइमा भएको आन्दोलनपछि गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारीमा केन्द्रित रहेको छ। निर्वाचनसम्बन्धी कानुनमा संशोधन, श्रोत र साधनको व्यवस्थापन तथा राजनीतिक दल र सरोकारवालासँग संवाद र समन्वय जारी रहेको पनि मन्त्रालयले जनाएको छ।

    विज्ञप्तिमा भनिएको छ, “देशमा शान्ति–सुरक्षा कायम गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको योगदान अपरिहार्य छ।”

    गृह मन्त्रालयका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनपछि सार्वजनिक सेवा पुनःसञ्चालित भइसकेको र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया सुरु भएको छ। तर केही स्वार्थ समूहले अस्थिरता सिर्जना गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रममार्फत अशान्ति निम्त्याउन खोजिरहेको हुनसक्ने उल्लेख गर्दै आयोजकहरूलाई सचेत रहन मन्त्रालयले चेतावनी दिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिई राष्ट्रिय एकता र सद्भाव कायम राख्न सबैले योगदान दिनुपर्छ।”

    मन्त्रालयले सबैको जायज माग र सरोकार सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको दोहोर्‍याउँदै, आन्दोलन नगरी वार्ता र संवादका माध्यमबाट मागहरूको विधिसम्मत समाधान खोज्न सबैमा अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट