images

Sep 29 2026 | २०८३, असोज १३ गते

कात्तिक २२ भित्र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार आह्वान गर्ने रास्वपाको निर्णय

कात्तिक २२ भित्र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार आह्वान गर्ने रास्वपाको निर्णय

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १२ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १२ २०८२
  • कात्तिक २२ भित्र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार आह्वान गर्ने रास्वपाको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको छ । रास्वपा सचिवालयको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो । 

    रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार कात्तिक २२ गतेभित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय भएको छ । 'आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे छलफल गरियो,' रास्वपा सचिवालयको निर्णय छ, '२०८२ कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरियो ।'

    त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि सहजीकरण अभियान संचालन गर्ने पनि रास्वपाको निर्णय छ ।

    'निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यहि कात्तिक मसान्तसम्मको लागि समयसीमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरूको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कात्तिक ११ देखि २५ सम्म संचालन गर्ने निर्णय गरियो,' रास्वपाको निर्णय छ ।

    रास्वपाले जेन-जी आन्दोलनपछिको परिस्थितिको विषयमा कात्तिक १४ मा बृहत राजनीतिक संवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । 'आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यहि कात्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरिएको छ,' रास्वपाले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट