images

Sep 29 2026 | २०८३, असोज १३ गते

जेन-जी र दलसहितको त्रिपक्षीय बैठकमा जेन-जी समुहका १४ र दलका १६ प्रतिनिधि सहभागी हुने

जेन-जी र दलसहितको त्रिपक्षीय बैठकमा जेन-जी समुहका १४ र दलका १६ प्रतिनिधि सहभागी हुने

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १२ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १२ २०८२
  • जेन-जी र दलसहितको त्रिपक्षीय बैठकमा जेन-जी समुहका १४ र दलका १६ प्रतिनिधि सहभागी हुने

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच बुधबार हुने त्रिपक्षीय छलफलमा ८ देखि ९ वटा जेन-जी समुहका १४ जना र सात मुख्य राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । 

    प्रधानमन्त्री कार्यलयका अनुसार निम्ता गरिएका बाहेकका अन्य दल र समुहहरुले पनि छलफलमा सहभागी हुन प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरिरहेका छन् ।

    छलफलमा प्रधानमन्त्री कार्कीका अलवा गृहमन्त्री ओमप्रकाश अर्याल,संचारमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनेछन् ।

    प्रधानमन्त्रीका प्रेस संयोजकमा राम रावलले ४ बजे प्रधानमन्त्री कार्यलयमा हुने बैठकको तयारी चलिरहेको बताए । निर्वाचनको वातावरण तयार पार्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट