images

Sep 30 2026 | २०८३, असोज १४ गते

देशभरका ३७ विमानस्थलमा फ्री वाईफाई सेवा सञ्चालन गर्दै नेपाल टेलिकम

देशभरका ३७ विमानस्थलमा फ्री वाईफाई सेवा सञ्चालन गर्दै नेपाल टेलिकम

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
  • देशभरका ३७ विमानस्थलमा फ्री वाईफाई सेवा सञ्चालन गर्दै नेपाल टेलिकम

    नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फ्री वाईफाई इन्टरनेट सेवा ‍कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरू गरेको छ ।

    देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित गर्दै फ्री वाईफाई विस्तार गर्ने योजना अनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरू गरेको हो । 

    नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।

    उक्त फ्री वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।

    देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

    सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी ‘NT-CAAN Free WiFi’ भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट