images

Sep 29 2026 | २०८३, असोज १३ गते

एकीकृत वाम पार्टीको बैठक कात्तिक २० मा गर्ने माओवादीको निर्णय

एकीकृत वाम पार्टीको बैठक कात्तिक २० मा गर्ने माओवादीको निर्णय

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
  • एकीकृत वाम पार्टीको बैठक कात्तिक २० मा गर्ने माओवादीको निर्णय

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ । त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक १८ गते बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । 

    आज विहान पेरिसडाडामा बसेको सचिवालयको बैठकले नेकपा एससहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय समेत गरेको छ । सचिवालय बैठक जनार्दन शर्माले भने बहिस्कार गरेका छन् ।

    शुक्रवारको बैठकमा पनि आफ्नो फरक राखेर हिँडेका शर्मालाई अध्यक्ष प्रचण्डले सबैको कुरा सुन्न आग्रह गर्दा पनि नमानेको सापकोटाले बताए । शनिवारको बैठक बहिस्कार गरेका शर्माको शैलीलाई पार्टीले अराजक र अनुशासनहीन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट