images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसमा आबद्ध युवाहरूले गरे पार्टी कार्यालयमा तालाबन्दी

कांग्रेसमा आबद्ध युवाहरूले गरे पार्टी कार्यालयमा तालाबन्दी

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
  • कांग्रेसमा आबद्ध युवाहरूले गरे पार्टी कार्यालयमा तालाबन्दी

    काठमाडौँ ।  नेपाली कांग्रेस आबद्ध युवाहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा तालाबन्दी गरेका छन्। नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै उनीहरूले आइतबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। 

    उनीहरूले कांग्रेसलाई बन्धक बनाउन पाइँदैन, पदाधिकारी र केन्द्रीय सदस्यहरु होसियार, युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर, नियमित महाधिवेशन घोषणा गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। महाधिवेशनको विवादका कारण पार्टीको केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। 

    उनीहरूले तत्काल नियमित महाधिवेशनको मिति घोषणा गर्न नसके केन्द्रीय कार्यसमिति विघटन गर्नुपर्ने समेत बताएका छन्।  पार्टीको १५औँ महाधिवेशनको विषयमा विवाद भएपछि आइतबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। 
    कांग्रेसमा सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा विवाद छ। यसैबीच कांग्रेस नेता मोहन बहादुर बस्नेतले केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति सार्वजनिक गर्नुपर्ने बताए। पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले विशेष महाधिवेशनले पार्टीभित्रको समस्या समाधान हुन नसक्ने उनले बताए।  

    बस्नेतले महामन्त्री गगनकुमार थापाले महाधिवेशनको विषयमा आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा अहिले विवाद देखिएको आरोप लगाए। पार्टीको नियमित महाधिवेशन छिटो हुनुपर्ने युवाहरूको माग स्वाभाविक रहेको उनको भनाइ छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट