images

Sep 29 2026 | २०८३, असोज १३ गते

अफिसमा बसेर भाषण गर्दैनौँ, फिल्डमै काम गर्छौँ : हर्क साम्पाङ

अफिसमा बसेर भाषण गर्दैनौँ, फिल्डमै काम गर्छौँ : हर्क साम्पाङ

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १६ २०८२
  • अफिसमा बसेर भाषण गर्दैनौँ, फिल्डमै काम गर्छौँ : हर्क साम्पाङ

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् । आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै मेयर साम्पाङले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताएका हुन् । 

    श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रूपान्तरणका लागि फिल्डमा खटेर काम गर्ने उनको भनाइ छ । उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको उनले बताए ।

    ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रूपान्तरणका लागि, आर्थिक रूपान्तरणका लागि हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसमा बसेर भाषणमा सीमित हुँदैनौँ । हामीचाहिँ पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन,' उनले भने । 

    मेयर साम्पाङले आफूहरूले दलको झण्डा नराख्ने बताए । दलको चुनाव चिह्न भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाइ छ । निर्वाचनका लागि तयारी पनि भइरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट