images

Sep 29 2026 | २०८३, असोज १३ गते

वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन

वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १८ २०८२
  • वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्न लागेका हुन् । 

    माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका ८ घटकबीच आइतबार पार्टी एकताको घोषणा भएको थियो । यही कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए । उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।

    यस एकता प्रक्रियामा नरहेका माओवादीका असन्तुष्ट नेताहरू जनार्दन शर्मा र राम कार्कीसहित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ । शर्माले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताएका छन् ।

    जनार्दनले गरे प्रचण्डसँग बिदाइ भेट

    अन्तिम समयमा पनि एकतामा जोड्नका लागि माओवादी अध्यक्ष प्रचण्डले आइतबार जनार्दन शर्मा र सोमबार बिहान घनश्याम भूसाललाई भेटेका थिए ।

    सो भेटमा प्रचण्डले एकतालाई स्वीकार्दै नयाँ पार्टीमै रहन शर्मालाई भनेका थिए । शर्माले भने त्यसलाई नस्वीकार्ने बताएका थिए ।

    भेटमा प्रचण्ड र शर्माले एकअर्कालाई शुभकामना दिएर छुट्टिएको एक नेताले बताए । शर्माले पनि प्रचण्डलाई भेटघाट भएको र छुट्टिएको पुष्टि गरे ।

    उनले भने, ‘तपाईं अर्को बाटोतिर लाग्नु भयो, म त त्यता लाग्न सक्दिनँ भनेँ ।’ शर्माले भने, ‘अहिलेको माग अनुसार हाम्रो स्पिरिट मिलेन । पार्टी बनाउने भनेको झन् भद्रगोल हुनेभयो । यसरी पार्टी आन्दोलन बन्दैन । अब तपाईं एकातिर लागेपछि म तपाईंको पछिपछि लाग्दैन भनेको छु ।’

    शर्माले अब माओवादी विरासत कायम राख्दै वाम–प्रगतिशील ध्रुवीकरण अभियान सुरु गर्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट