images

Sep 29 2026 | २०८३, असोज १३ गते

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेस गर्ने, संस्थापन पक्षको बेग्लै तयारी

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेस गर्ने, संस्थापन पक्षको बेग्लै तयारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १८ २०८२
  • महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेस गर्ने, संस्थापन पक्षको बेग्लै तयारी

    काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समितिमा १५औँ महाधिवेशनबारे आज दुई वटा कार्यतालिका पेस हुँदैछ । महामन्त्री गगन थापाले पुसभित्रमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउँदै छन् । 

    यसअघि कार्यतालिका पेस गर्ने सहमति नभएपछि महामन्त्री शर्माले बैठक नै बहिष्कार गरेका थिए । त्यसयता निरन्तर स्थगित बैठक आज बस्दैछ ।

    महामन्त्री थापाले मंसिरमा नसके पुसभित्र नियमित महाधिवेशन गरेर चुनावअघि नै नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन् । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि साथ छ । तर, संस्थापन पक्षले भने चुनावअघि कुनै हालतमा महाधिवेशन गर्न नसक्ने अडान लिइरहेको छ । हिजो संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले प्रतिनिधिसभा निर्वाचनपछि वैशाख २५ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने प्रस्ताव आजको बैठकमा लैजाने निर्णय गरेको थियो ।

    सोमबार धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलमा आआफ्नो कुरा राख्ने समझदारी भएअनुसार नै गगन आजको बैठकमा सहभागी हुन तयार भएको बताइन्छ ।

    सहमहामन्त्री महेन्द्र यादवले आजको बैठकमा महाधिवेशनबारे सबैले आ-आफ्नो कुरा राख्ने बताए ।

    उनले भने, ‘कार्यसमितिको कार्यकाल सकिने भएकाले अब विशेष होइन, नियमित महाधिवेशन गर्नुपर्छ भन्ने कुरा सभापतिले पनि राख्दै आउनुभएको हो। अहिले उहाँ उपचारको लागि देशबाहिर जानुभएपनि उहाँको कुरा त्यही हो । हामीले अब चुनावपछि गर्ने गरी महाधिवेशनको कार्यतालिका आउँछ ।’

    यता विशेष महाधिवेशन पक्षधरले पनि नियमित नभए चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने दबाब बढाइरहेका छन् । उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बुझाइसकेका छन् । उनीहरूले केन्द्रीय कमिटीले आलटाल गरेको भन्दै आज विशेष भेला समेत राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट