images

Sep 29 2026 | २०८३, असोज १३ गते

पुराना दलका नेताहरूले देशलाई निराशा बाहेक केही दिएनन् : सुमना श्रेष्ठ

पुराना दलका नेताहरूले देशलाई निराशा बाहेक केही दिएनन् : सुमना श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २० २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २० २०८२
  • पुराना दलका नेताहरूले देशलाई निराशा बाहेक केही दिएनन् : सुमना श्रेष्ठ

    काठमाडौँ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले देशमा स्थायी परिवर्तनका लागि सामुहिक नेतृत्वको आवश्यकता रहेको बताएकी छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले पुराना राजनीतिक दलहरूबाट अब सुधार र राजनैतिक निकासको आशा राख्नु मूर्खता हुने टिप्पणी गरेकी छन्।

    पटकपटक सत्तामा पुगेका पुराना दलका नेताहरूले देशलाई निराशा बाहेक केही दिन नसकेका कारण जनतामा वैकल्पिक राजनीतिक शक्तिको खोजी तीव्र बन्दै गएको उनले बताइन्। ‘पुराना दलहरू फेरि एकजुट हुँदैछन् तर त्यो जनताको मुद्दाका लागि होइन, चुनावी समीकरण मिलाउनका लागि हो,’ उनले लेखेकी छन्।

    श्रेष्ठले परिवर्तन ल्याउने भनिएका नयाँ शक्ति र समूहहरू अझै विभाजित रहेको उल्लेख गर्दै नेतृत्व कसले लिने भन्ने विवादले आन्दोलनलाई कमजोर बनाएको बताइन्। उनले भनिन्,‘यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने सबैलाई समेट्न सक्ने सामुहिक नेतृत्वको आवश्यकता देख्छु।’

    एकल नेताको नेतृत्वमा निर्भर हुने संस्कृतिबाट हट्दै सामुहिक नेतृत्वको अवधारणामा अघि बढ्नुपर्ने प्रस्ताव गर्दै श्रेष्ठले नेताहरूको परिषद् गठनको सुझाव दिएकी छन्। उनका अनुसार कुनै एक नायकको अनुहार होइन, विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुने नेतृत्व चाहिएको हो।

    उनी भन्छिन्,‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिँड्ने, बजारलाई सन्तुलित नियमनमा राख्दै समृद्धि ल्याउने सरकार हो। जनताको मुद्दा बोक्ने वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैले मनन गर्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट