images

Sep 29 2026 | २०८३, असोज १३ गते

मंसिरभित्र महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्छ : शेखर कोइराला

मंसिरभित्र महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्छ : शेखर कोइराला

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
  • मंसिरभित्र महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्छ : शेखर कोइराला

    काठमाडौँ ।  नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले ढिलोको मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन सम्पन्न हुनुपर्ने बताएका छन्। काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा नेता कोइरालाले ढिलोको पुस मसान्तसम्म महाधिवेशन गर्नुपर्ने बताएका हुन्। 

    उनले मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नुपर्ने धारणा व्यक्त गरे। उनले भने,'अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ ।'

    उनले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्व लिएर चुनावमा जानुपर्ने बताए। पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने उनको सुझाव  छ। 

    आफूले गुट उपगुट र फुटको अन्त्य चाहेको बताउँदै नेता कोइरालाले  कांग्रेस  एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए।  उनले भने,' म पार्टीमा एकता, मेलमिलाप चाहन्छु । गुट, उपगुट र फु्‌टको अन्त्य गर्न चाहन्छु ।कोही कसैप्रति आग्रहरपुर्वाग्रह नराखी हामी अघि बढ्नैपर्छ ।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट