images

Sep 29 2026 | २०८३, असोज १३ गते

ओलीको प्रश्नः डिस्कर्डबाट प्रधानमन्त्री चुनिने परम्परा कुन सभ्य समाजमा छ ?

ओलीको प्रश्नः डिस्कर्डबाट प्रधानमन्त्री चुनिने परम्परा कुन सभ्य समाजमा छ ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
  • ओलीको प्रश्नः डिस्कर्डबाट प्रधानमन्त्री चुनिने परम्परा कुन सभ्य समाजमा छ ?

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र आतंक सिर्जना गरेर बनेको हाहुको सरकार भनेर पुनः टिप्पणी गरेका छन्। शुक्रबार विद्वत वर्गसँगको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।  

    ‘अहिलेका प्रतिगमनकारीको कुनै धरातल छैन, यो अदृश्य शक्तिबाट बनेको छ। मैले हाहुको सरकार भनेको थिएँ। वास्तवमै हाहुमा बनेको सरकार हो,’ ओलीले भने, ‘आगो लगाएका भरमा, तोडफोड गरेका भरमा, अराजकता, आतंक मच्चाएका भरमा, एउटा आतंककारी अभ्यास गरेका भरमा शासनमा डिस्कर्डबाट पुगेको अरे।’  

    डिस्कर्डबाट प्रधानमन्त्री चुन्ने परम्परा सभ्य समाजमा कतै पनि नभएको पनि ओलीले बताए। उनले भने, ‘डिस्कर्डबाट कहिँ डेमोक्रेसीमा, सभ्य समाजमा, डिस्कर्डमा भोटिङ पनि गरे अरे! दुई तीन हजार केटाकेटी डिस्कर्डमा भेला भए भोटिङ पनि गरे अरे।’  

    त्यसरी चुनाव गर्न कसले भनेको ? भनेर पनि ओलीले प्रश्न गरे । ‘कल्ले भन्यो त्यो ? मतपत्र कस्तो थियो ? रेजा लायो कि प्वाल पा-यो अमेरिका जस्तो, के ग-यो ? यस्ता हावाका भरमा बनेको हाहुको सरकार असंवैधानिक,’ उनले भने।  

    संविधानले नगर्नु भनेका ठाउँमा प्राधानन्यायाधीश मानवअधिकार आयोगमा बाहेक कुनै जागिर खान नमिल्ने उनले दृष्टान्त सुनाए। ‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश बनेको मान्छे आफैले संविधान मिचेर प्रधानमन्त्री हुन तयार। यो भनेको साझै असंवैधानिक, प्रतिगामी, संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार,’ ओलीले भने।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट