images

Sep 29 2026 | २०८३, असोज १३ गते

विशेष महाधिवेशन नभए नियमित महाधिवेशन अनिवार्य छ : महामन्त्री शर्मा

विशेष महाधिवेशन नभए नियमित महाधिवेशन अनिवार्य छ : महामन्त्री शर्मा

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २३ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २३ २०८२
  • विशेष महाधिवेशन नभए नियमित महाधिवेशन अनिवार्य छ : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन नगर्ने हो भने नियमित महाधिवेशन अनिवार्यको तर्क गरेका छन्।कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा तीव्र मतभेद भइरहेका बेला शर्माले ५४ प्रतिशत प्रतिनिधिले बुझाएको हस्ताक्षरअनुसार विशेष महाविधेशन नगर्ने हो भने नियमित महाधिवेशन नै अहिलेको विकल्प भएको उल्लेख गरे।

    उनले भने, ‘विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्नसक्दछ यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ।’

    महाधिवेशनको मिति तय गर्न नसकेर कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक झण्डै एक महिनादेखि जारी छ। संस्थापन जति सक्यो ढिलो महाधिवेशनको पक्षमा उभिएको छ भने महामन्त्री शर्मा र गगन भने विशेष महाधिवेशन नगर्ने हो भने नियमित महाधिवेशनको विकल्प नभएको बताइ रहेका छन्।

    ‘नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन शर्माले अगाडि भनेका छन्, ‘तर विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७ (२)को स्पस्ट निर्देशन छ। यो बाध्यात्मक छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो।’

    महाधिवेशन मिति विवादकै कारण कांग्रेसको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट