images

Sep 29 2026 | २०८३, असोज १३ गते

ओली भन्छन्- एमाले महाधिवेशनमा छलफलको आवश्यकता छैन, म मात्रै सम्बोधन गर्छु

ओली भन्छन्- एमाले महाधिवेशनमा छलफलको आवश्यकता छैन, म मात्रै सम्बोधन गर्छु

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २३ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २३ २०८२
  • ओली भन्छन्- एमाले महाधिवेशनमा छलफलको आवश्यकता छैन, म मात्रै सम्बोधन गर्छु

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशन यसपटक छोटो तरिकाले सम्पन्न गरिने बताएका छन् । उनले आफूले दिने निर्देशनात्मक मन्तव्यपछि कार्यक्रमबिना छलफल सम्पन्न हुने स्पष्ट पारेका हुन् ।

    पार्टीको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले भने, ‘यो महाधिवेशनमा म एकतर्फीरूपमा सम्बोधन गर्छु । उद्घाटन मन्तव्यपछि त्यसमा छलफल गरिँदैन ।’ 

    उनका अनुसार, महाधिवेशन लामो समयसम्म चलाउने अवस्था अहिले छैन । ‘यदि छलफल गर्दै गर्‍यौँ भने कार्यक्रम पाँच–सात दिन तानिन्छ, त्यो हामी धान्न सक्दैनौँ,’ ओलीले भने ।

    अहिलेको राजनीतिक परिस्थितिमा छोटो महाधिवेशन नै उपयुक्त हुने बताउँदै उनले थपे, ‘हालको प्राथमिकता प्रतिनिधिसभा पुनर्स्थापना हो । त्यो भएपछि मात्रै हामी सहज वातावरणमा नीति निर्माण र कार्यान्वयनतर्फ ध्यान दिन सक्छौँ । अहिलेको राजनीतिक केन्द्रविन्दु यहीँ हो ।’ 

    नेतृत्व चयन र पार्टी पुनर्गठनको विषय उठाउँदै केही नेताहरूले अनुशासन तोडेका कारण महाधिवेशन एक वर्षअघि सारिएको भन्दै उनले त्यसबारे पनि स्पष्टता दिए । 

    ‘केही साथीहरूले पुनर्गठन र नेतृत्व चयनको नाममा अनावश्यक हल्ला मच्चाएका थिए, त्यसैले निर्धारित मितिभन्दा एक वर्षअघि महाधिवेशन गर्ने निर्णय गरियो,’ उनले भने ।

    ओलीले कार्यकर्ताले पार्टीभित्र कसले काम गरेको र कसले नगरेको स्पष्ट देखेको पनि बताए । ‘काम नगर्नेहरू जान सक्छन्, काम गर्नेहरू बस्नेछन्। को अडिएको छ, को लडिएको छ, कार्यकर्ताहरूले मूल्यांकन गर्छन्,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट