images

Sep 29 2026 | २०८३, असोज १३ गते

मधेश प्रदेश सरकारबाट तत्काल फिर्ता हुन कंचन बिच्छालाई अध्यक्ष लिङ्देनको निर्देशन

मधेश प्रदेश सरकारबाट तत्काल फिर्ता हुन कंचन बिच्छालाई अध्यक्ष लिङ्देनको निर्देशन

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
  • मधेश प्रदेश सरकारबाट तत्काल फिर्ता हुन कंचन बिच्छालाई अध्यक्ष लिङ्देनको निर्देशन

    काठमाडौँ । रातारात बर्दिवासको एक होटलमा बसेर मुख्यमन्त्री र मन्त्री नियुक्त गरिएको घटनामा राप्रपाले आफ्ना सांसदलाई सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिएको छ । 

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश सरकारमा राप्रपाको सहभागिताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै राप्रपाबाट सरकारमा सहभागी भएर विना विभागीय मन्त्रीको शपथ लिएर कंचन बिच्छालाई फिर्ता हुन निर्देशन दिएका हुन् ।

    यस्तो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको भन्दै तत्काल सरकारबाट फिर्ता हुन र फिर्ता नभए विधान अनुसार कारबाही हुने चेतावनी दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु ।’ 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट