Aug 09 2026 | २०८३, साउन २४ गते

मधेशका मुख्यमन्त्रीको निवास र कार्यालयमा तोडफोड, सबै मन्त्रालयमा तालाबन्दी

मधेशका मुख्यमन्त्रीको निवास र कार्यालयमा तोडफोड, सबै मन्त्रालयमा तालाबन्दी

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
  • मधेशका मुख्यमन्त्रीको निवास र कार्यालयमा तोडफोड, सबै मन्त्रालयमा तालाबन्दी

    काठमाडौँ । निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलका समर्थकले मुख्यमन्त्री सरोजकुमार यादवको निवास र प्रदेश प्रमुख कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले मुख्यमन्त्री निवासअगाडि रहेका गामला तथा कुर्सीहरूमा तोडफोड गरेका हुन् ।

    images

    उनीहरूले तोडफोड गर्न लागेपछि लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले ‘यो सम्पत्ति हाम्रै हो’ भन्दै त्यसलाई क्षति नपुर्‍याउन आग्रह गरेपछि तोडफोड रोकिएको थियो ।

    यता, निवर्तमान मुख्यमन्त्री सोनलका समर्थकहरूले मधेश प्रदेशका सबै मन्त्रालयहरू बन्द गराएका छन् । उनीहरूले आज सरकारी कामकाज गर्न नहुने भन्दै कर्मचारीहरूलाई गेटमा समेत रोकेको थियो । मन्त्रालय पुगिसकेका कर्मचारीहरूलाई समेत मन्त्रालयबाहिर जान आग्रह गर्दै उनीहरूले मन्त्रालयहरूमा तालाबन्दीसमेत गरेका छन् ।

    नवनियुक्त मुख्यमन्त्री यादव आजै आएर पदभार ग्रहण गर्ने हल्ला फैलिएपछि उनीहरू झन् आक्रोशित भई मन्त्रालयहरूमा तोडफोड गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट