images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेले बोलायो विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक

एमालेले बोलायो विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
  • एमालेले बोलायो विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक

    काठमाडौँ । एमालेले विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो ।  

    विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो ।

    'मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको छ,' बर्तौलाले भने ।

    प्रतिनिधिसभा विघटनका सम्बन्धमा केन्द्रीय समितिलाई दबाब दिनका लागि कांग्रेसका सांसदले पनि हस्ताक्षर संकलन गरिरहेका छन् । जेन-जी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ । 

    प्रतिनिधिसभा विघटन र सुशीला कार्की प्रधानमन्त्री नियुक्त संविधान विपरीत भन्दै सर्वोच्च अदालतमा १७ रिट निवेदन परेका छन् । ती रिट निवेदनमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट