images

Sep 29 2026 | २०८३, असोज १३ गते

ज्ञानेन्द्र कार्कीको प्रस्ताव– चुनावअघि विशेष महाधिवेशन गरौँ, नेतृत्व पछि छानौँला

ज्ञानेन्द्र कार्कीको प्रस्ताव– चुनावअघि विशेष महाधिवेशन गरौँ, नेतृत्व पछि छानौँला

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २५ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २५ २०८२
  • ज्ञानेन्द्र कार्कीको प्रस्ताव– चुनावअघि विशेष महाधिवेशन गरौँ, नेतृत्व पछि छानौँला

    काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चुनावअघि विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा मंगलबार धारणा राखेका कार्कीले चुनावअघि गरिने विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाउन प्रस्ताव गरे ।

    कार्कीले नेतृत्व नफेर्ने गरी विशेष नीति महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । उनले चुनावपछि नियमित महाधिवेशन गर्न सकिने बताएका छन् । '५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको परिस्थितिमा चुनावअघि विशेष महाधिवेशन गरौँ । त्यो विशेष महाधिवेशन नीति महाधिवेशनका रूपमा गरौँ,' कार्कीले भने, 'हामीले लिने शिक्षा, स्वास्थ्य, सन्तुलित कूटनीतिसहितका तमाम विषयमा धारणा बनाऔँ ।'

    कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर चर्को मतभेद छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट