images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेको विघटित संसदीय दलको बैठक आज, संसद् विघटनको विषयमा छलफल गर्ने

एमालेको विघटित संसदीय दलको बैठक आज, संसद् विघटनको विषयमा छलफल गर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २ २०८२
  • एमालेको विघटित संसदीय दलको बैठक आज, संसद् विघटनको विषयमा छलफल गर्ने

    काठमाडौँ । नेकपा एमालेले आज विघटित संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलको बैठक बस्न लागेको हो।

    एमाले दल स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको संसदलाई पुनर्स्थापना गर्नुपर्ने नेकपा एमालेको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको हो ।

    विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद विघटन र पुनस्र्थापनाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले साँसदहरुलाई जानकारी गराउनेछन्।

    संसद् विघटनको संवैधानिक परीक्षण बाँकी रहकोले त्यसका लागि दल वा सांसद अदालतमा जाने विषयमा पनि आजको छलफल केन्द्रित हुने बर्तौलाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट