images

Sep 29 2026 | २०८३, असोज १३ गते

संसद् पुनर्स्थापनाले मात्रै प्रतिगमन सच्चिन्छ : विष्णु पौडेल

संसद् पुनर्स्थापनाले मात्रै प्रतिगमन सच्चिन्छ : विष्णु पौडेल

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २ २०८२
  • संसद् पुनर्स्थापनाले मात्रै प्रतिगमन सच्चिन्छ : विष्णु पौडेल

    काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई प्रतिगमनबाट बचाउने र सच्याउने एकमात्र उपाय प्रतिनिधिसभा पुनर्स्थापना भएको बताएका छन् ।

    मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको विघटित संसदीय दलको बैठकमा उपाध्यक्ष पौडेलले संसद् विघटन र सदनभन्दा बाहिरबाट सरकार गठन गरिनु प्रतिगमनको स्पष्ट सूचक भएको दाबी गरे ।

    'भदौ २३ र २४ को घटना देखाएर मुलुकलाई प्रतिगमनमा धकेलिएको छ,' पौडेलले भने, 'अहिलेको मुख्य आवश्यकता भनेकै प्रतिनिधिसभाको पुनर्स्थापना हो ।'

    उनले वर्तमान सरकार एमाले र यसको नेतृत्वलाई घेराबन्दी गर्न लागिपरेको आरोपसमेत लगाए । सरकार एमाले नेतृत्व र अध्यक्षमाथि प्रहार गर्न उद्यत रहेको भन्दै उनले यसको सामना गर्न पार्टी पंक्ति एकढिक्का भएर उभिनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट