images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि कति दलले दिए निवेदन ?

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि कति दलले दिए निवेदन ?

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर ३ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर ३ २०८२
  • प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि कति दलले दिए निवेदन ?

    काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि हालसम्म २५ दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् । सरकारले यही फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको थियो । जसमा हालसम्म उक्त संख्यामा दलहरूले आयोगमा निवेदन दिएका हुन् ।

    त्यस्तै माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ६ वटा दलले दर्ताको निवेदन दिएका आयोगले जनाएको छ । निर्वाचन आयोगले कात्तिक २८ गते छुट्टाछुट्टै सूचना प्रकाशित गरी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको थियो ।

    आयोगले राष्ट्रियसभाका लागि यही मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको छ । त्यस्तै प्रतिनिधिसभाका लागि निर्वाचन प्रयोजनमा दल दर्ता गर्ने समय भने मंसिर १ गतेदेखि ७ गतेसम्मको समय तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट