वास्तविक जेनजी पुस्ताका माग सम्बोधन गर्ने क्षमता एमालेमा मात्रै छ - महेश बस्नेत
वास्तविक जेनजी पुस्ताका माग सम्बोधन गर्ने क्षमता एमालेमा मात्रै छ - महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनलाई नेतृत्व गर्दै उनले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने बताएका हुन् ।
उनले वास्तविक जेनजी पुस्ताका मुद्दा र माग सम्बोधन गर्ने क्षमता एमालेमै भएको दाबी गरे । जेनजी आन्दोलनमा घाइते तथा सहिदका परिवारलाई न्याय दिन प्रतिनिधिसभा पुनस्र्थापना आवश्यक रहेको उनले बताए ।
