पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा ग-यौँ : जनार्दन शर्मा
पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा ग-यौँ : जनार्दन शर्मा
काठमाडौँ । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी गठनमा लागेको बताएका छन्।
आइतबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शर्माले नेताहरूको धूपबत्ति गर्न छाडेर नयाँ दल गठनमा लागेको बताएका हुन्। 'सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागि हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं,' उनले भने।
कार्यक्रममा शर्माले पार्टीको घोषणा पत्र पढेर सुनाए। तत्कालीन नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष प्रचण्डसँग लगातारको संघर्षपछि जनार्दन शर्मा भदौ २३ को घटनापछि पार्टीबाट बाहिरिएका थिए।
महाधिवेशन तय भएको अवस्थामा एकीकृत समाजवादी लगायतका दलहरूसँग एकता गर्ने भएपछि जनार्दन माओवादीबाट बाहिरिँदै प्रगतिशील राष्ट्रिय अभियान सुरू गरेका थिए। अभियानले डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र रास्वपा परित्याग गरेका सन्तोष यादवसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका हुन्।
