विराटनगरले जनकपुरलाई दियो १३६ रनको विजयी लक्ष्य
विराटनगरले जनकपुरलाई दियो १३६ रनको विजयी लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको हो।
विराटनगरका लागि ओपनरद्वाय लोकेश बम २६ बलमा २८ रन बनाएर आउट भए भने जर्ज मुन्से १० रनमा आउट भए। यस्तै ब्याटर मार्टिन गप्टिल १५ बलमा १३ रन बनाएर आउट भए।
यस्तै विराटनगरका लागि वसिर अहमद ३५ बलमा ३६ रन, शुमम रन्जानेले २९ बलमा ३७ रन बनाए। बलिङतर्फ जनकपुरका लागि रुपेश सिंह र संगित कुरेले २–२ विकेट लिए भने आदित्य मेहताले एक विकेट लिए ।
