महामन्त्रीद्वयसँग छलफल गर्दै पूर्णबहादुर, रमेश लेखक पनि सहभागी हुने
महामन्त्रीद्वयसँग छलफल गर्दै पूर्णबहादुर, रमेश लेखक पनि सहभागी हुने
काठमाडौँ । नेपाली कांग्रेसमा जारी विवाद अन्त्यका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू छलफलमा जुट्ने भएका छन् ।
पार्टीको महाधिवेशन चुनाव अघि गर्ने कि पछाडि भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला कार्यवाहक सभापतिले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।
१२ बजेपछि हुने छलफलमा नेता रमेश लेखक पनि सहभागी हुनेछन् । एक महिनाभन्दा लामो समयदेखि केन्द्रीय समिति बैठक बसे पनि महाधिवेशनको मिति टुंगो लाग्न सकेको छैन । संस्थापन पक्ष चुनावपछि वैशाखमा मात्र महाधिवेशन गर्न सकिने अडानमा छ । तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्ष जुनसुकै हालतमा पुस मसान्तभित्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ ।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । पुस मसान्तभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन भने पनि गर्नुपर्ने इतर पक्षको अडान रहँदै आएको छ । कांग्रेसले मंसिर ११ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकबाट महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने दबाब छ ।
