images

Sep 29 2026 | २०८३, असोज १३ गते

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ११ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ११ २०८२
  • एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

    धनगढी । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिवसहितको बहुमत कमिटी नेपाली कम्युनिस्ट पार्टीमा नजाने  भएको छ ।

    जिल्ला कमिटी अध्यक्ष विमल जोशीले १२१ सदस्यीय कमिटीमध्ये ९१ जनाको बैठकले एकता प्रक्रियामा सामेल नहुने निर्णय गरेको बताएका छन्  ।
    उक्त निर्णयमा सचिव दीर्घ जोशी पनि सहमत रहेको अध्यक्ष जोशीले बताए ।

    ‘हामीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपामा पुष्पकमल दाहाल प्रचण्ड हुन्जेल कम्युनिस्ट पार्टी हुनै नसक्ने देखेर ती दुवै दलमा सामेल नहुने निर्णय गरेका छौँ’, उनले भने।

    उनले एमाले र नेकपा दुवैमा नजाने बताएका छन् । ‘हामी प्रचण्ड नेतृत्वको नेकपा र ओली नेतृत्वको एमालेमा जाँदैनौँ’, उनले भने, ‘अब कता जाने निर्णय चाँडै सार्वजनिक गर्छौँ ।’

    शुक्रबार प्रचण्ड र माधव नेपाल धनगढीमा हुने  सन्देश सभालाई सम्बोधन गर्न पुग्दै छन् । यस्तोमा प्रदेश राजधानी रहेको कैलाली जिल्ला कमिटीले माधव नेपालको निर्णयलाई अस्वीकार गरिदिएको हो । धनगढीमा नेता डा। भीम रावलको नेतृत्वमा सन्देश सभा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट