images

Sep 29 2026 | २०८३, असोज १३ गते

माधवसँगको सहकार्यबारे प्रचण्ड : हठात् होइन सहसंयोजक नेपालसँगको सहकार्य ४० वर्ष पुरानो हो

माधवसँगको सहकार्यबारे प्रचण्ड : हठात् होइन सहसंयोजक नेपालसँगको सहकार्य ४० वर्ष पुरानो हो

एभरेष्ट हेडलाइन्स
शनिबार, मंसिर १३ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, मंसिर १३ २०८२
  • माधवसँगको सहकार्यबारे प्रचण्ड : हठात् होइन सहसंयोजक नेपालसँगको सहकार्य ४० वर्ष पुरानो हो

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँगको एकता हठात्‌मा नभएको बताएका छन् । नेकपाका सहसंयोजक नेपालसँगको सहकार्य ४० वर्ष पुरानो भएको उनको भनाइ छ ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दर्जन बढी वाम घटकबीच भएको एकताको बचाउ गर्दै प्रचण्डले माधव नेपालसँग विगतदेखि नै आफूले सहकार्य गर्दै आएको बताए ।

    प्रचण्डले एकीकृत समाजवादी लगायतका घटकसँग एउटा चुनाव जित्नको लागि मात्र एकता नगरेको जिकिर गरे । उनले जेनजी आन्दोलनपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्दै एकता गर्नुपरेको बताए ।

    दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आजको कुरा होइन, २०४१/०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनको बारेमा संवाद र सहकार्य गर्ने गर्थ्यौं, ०४२ साल देखि ०४६ सालमा, अनि जनयुद्ध सुरु भएपछि पनि हामी लगातार संवादमा भइ नै राख्यौं ।’

    प्रचण्डले माधव नेपालसँगको एकता अकस्मात् र हठातमा नभएको भन्दै बचाउ गरे । ‘संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्यौं, हाम्रो संवाद, सहकार्य आजको होइन, केही महिना अगाडि, केही वर्ष अगाडिको मात्रै होइन, झण्डै ४०–४१ वर्ष अगाडिदेखि लगातार भएका सहकार्य, संवाद र आन्दोलनका बीचबाट एकताको एउटा नयाँ परिस्थिति सिर्जना भएको हो, हठात् भएको कसैलाई लागेको छ भने त्यो हैन,’ उनले भने ।

    जेनजी आन्दोलनले पनि दलहरूलाई आत्मसमीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । ‘हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने, आफूलाई सच्याउनुपर्ने र युवाहरूको भावना, मानसिकता र चाहना अनुसार नेपाली जनताको आवश्यकता र चाहनाअनुसार आफैंलाई बदल्नु पर्ने ऐतिहासिक आवश्यकता हामीलाई महसुस भयो,’ उनले भने ।

    उनले पार्टी एकता सन्देश सभालाई आत्मसमीक्षा सभाको संज्ञा समेत दिए । केही घन्टाभित्र देश जल्ने अवस्था आउनेगरी देश कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट