images

Sep 29 2026 | २०८३, असोज १३ गते

बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा निर्वाचन तयारीमाथि छलफल

बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा निर्वाचन तयारीमाथि छलफल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १९ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १९ २०८२
  • बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा निर्वाचन तयारीमाथि छलफल

    काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ।
    सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी बारे छलफल भइरहेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठकमा निर्वाचनबारे जानकारी गराएका छन्।

    बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखरपदाधिकारीहरू, निर्वाचन आयोगका पदाधिकारी, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरूको उपस्थिति रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट