images

Sep 29 2026 | २०८३, असोज १३ गते

आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेलको प्रतिस्पर्धा

आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेलको प्रतिस्पर्धा

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २२ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २२ २०८२
  • आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेलको प्रतिस्पर्धा


    काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले सोमबार (मंसिर २२) भारतीय क्लब इस्ट बंगाल एफसीसँग खेल्दै छ । 

    ट्रान्सपोर्टको यो दोस्रो खेल हो । ट्रान्सपोर्टले उद्घाटन खेलमा पाकिस्तानी क्लब कराची सिटी एफसीसँग गोलरहित बराबरी गरेको थियो ।

    खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । ट्रान्सफोर्ट भुटानी महिला लिगको उपविजेता हो ।

    आजै हुने दोस्रो खेलमा कराची सिटी एफसी र बंगलादेशी क्लब नस्रिन स्पोर्ट्स एकेडेमीले प्रतिस्पर्धा गर्ने तालिका छ । यो दुवै टोलीको दोस्रो खेल हो । खेल दशरथ रंगशालामा साँझ ६ः०० बजे सुरु हुनेछ ।

    कराचीले उद्घाटन खेलमा ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेलेको थियो । नस्रिनले भने सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग ४–० को हार व्यहोरेको थियो ।

    प्रतियोगितामा कुल पाँच टिमको सहभागिता छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट