images

Sep 29 2026 | २०८३, असोज १३ गते

कुलमानको निरन्तर विवादयात्रा : नागरिक सरकारमा रहेर नयाँ पार्टी देखि सर्वोच्चसम्मको झट्का

कुलमानको निरन्तर विवादयात्रा : नागरिक सरकारमा रहेर नयाँ पार्टी देखि सर्वोच्चसम्मको झट्का

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २३ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २३ २०८२
  • कुलमानको निरन्तर विवादयात्रा : नागरिक सरकारमा रहेर नयाँ पार्टी देखि  सर्वोच्चसम्मको झट्का

    काठमाडौं– हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । 

    सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश दिएको हो । 

    सोमबार अदालतले शाक्यलाई पुनर्वहालीको आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेको छ । सुशील कार्की नेतृत्वको सरकारमा उर्जामन्त्री रहेका घिसिङसँगको टसल पछि शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएको थियो ।

    सर्वोच्चको परमादेशले निर्णय उल्ट्याएपछि घिसिङमाथि नैतिक प्रश्न उठेको छ । उनले आफूसँगको टसलका कारण शाक्यलाई पदबाट हटाएको चर्चा त्यतिबेला निकै चलेको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफूलाई हटाएर शाक्यलाई नियुक्त गरेको तुष राखेर घिसिङले उनलाई पदमुक्त गरेको आरोप लागेको थियो ।

    चुनावी नागरिक सरकारमा रहेर आफ्नै सक्रियतामा उज्यालो नेपाल नामक पार्टी गठन गरेर आलोचना खेपिरहेका घिसिङलाई सर्वोच्चको परमादेशले अर्को झट्का लागेको छ । यसअघि भारतसँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिद बिक्री सम्झौता गरेको भन्दै उनी विवादमा तानिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट