images

Sep 29 2026 | २०८३, असोज १३ गते

एनपीएल : काठमाण्डु र लुम्बिनीबीच प्रतिस्पर्धा, विजयी हुने टीम विराटनगरसंग भिड्ने

एनपीएल : काठमाण्डु र लुम्बिनीबीच प्रतिस्पर्धा, विजयी हुने टीम विराटनगरसंग भिड्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २४ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २४ २०८२
  • एनपीएल :  काठमाण्डु र लुम्बिनीबीच प्रतिस्पर्धा, विजयी हुने टीम विराटनगरसंग भिड्ने

    काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा जारी नेपाल प्रीमियर लीग (एनपीएल–२०२५) अन्तर्गत इलिमिनेटरमा आज मंसिर २४ गते बुधवार साँझ ४ः०० बजे काठमाण्डु गोर्खाज तथा लुम्बिनी लायन्स भिँड्दै छन् ।


    एनपीएल पहिलो सीजनमा लिग चरणबाट बाहिरिएका दुबै टीम दोस्रो सीजनको इलिमिनेटरबाट उपाधि यात्रामा अगाडि बढ्ने योजनाका साथ मैदानमा उत्रिने छन् ।
    यो सीजन लीग चरणको भेटमा काठमाण्डुसँग २२ रनले पराजित भएको लुम्बिनी इलिमिनेटरमा बदला लिने तयारीका साथ मैदानमा हुनेछ । लीग चरणमा राम्रो प्रदर्शन गर्दै आएको काठमाण्डुले उपाधि जित्ने लक्ष्य लिएको छ ।


    अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डु तथा चौथा स्थानमा रहेको लुम्बिनीबीच आज प्रतिस्पर्धा हुन लागेको हो । आजको खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित भएको विराटनगर किङ्ससंग बिहीवार प्रतिस्पर्धा गर्नेछ । मंगलवार भएको पहिलो क्वालिफायरमा विराटनगरलाई सुदूरपश्चिम रोयल्सले पराजितगरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट