images

Sep 29 2026 | २०८३, असोज १३ गते

केपी वली 'गिरफ्तार' भनेर मिडिया ट्रायल गरे : महेस बस्नेत

केपी वली 'गिरफ्तार' भनेर मिडिया ट्रायल गरे : महेस बस्नेत

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २५ २०८२
  • केपी वली 'गिरफ्तार' भनेर मिडिया ट्रायल गरे : महेस बस्नेत

    काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायलको प्रयास भएको बताएका छन् ।
    उनले बिहीबार सामाजिक सञ्जालमा  लेख्दै उनले एकपछि अर्को षड्यन्त्रको खेल सार्वजनिक भएको बताएका हुन् । 

    ‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,“तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो : किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ? म भए जान्थे, उहाँ पनि जानैपर्छ ।”, बस्नेतले भनेका छन्,‘यसबिच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ ।’उनले २ दिन अगाडि नै पूर्व राष्ट्रपति विद्या भण्डारी र  प्रधानमन्त्री सुशीला कार्कीबिच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको दाबी गरेका छन् । 

    ‘हिजै जेनजी समूहको नाममा गरिएको वार्ता र सम्झौताको नाटक,हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको  गलत भ्रम, “केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन्’, बस्नेतको भनाइ छ । उनले एमाले महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । ‘तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ । पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन’, बस्नेतको चेतावनी छ ।

    mahes-basnet_mzQ2TlDq1B.png

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट