images

Sep 29 2026 | २०८३, असोज १३ गते

महामन्त्री शर्मा: चुनाव वैशाखमा गए पनि स्वाभाविक मान्नुपर्छ

महामन्त्री शर्मा: चुनाव वैशाखमा गए पनि स्वाभाविक मान्नुपर्छ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
  • महामन्त्री शर्मा: चुनाव वैशाखमा गए पनि स्वाभाविक मान्नुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको चुनाव वैशाखसम्म पुगे पनि स्वाभाविक मान्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, । विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्यमार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।

    साथै महामन्त्री शर्माले सरकार र जेन जीबीच भएको सम्झौताको स्वागत गरेका छन् । तर सबैको अपनत्व हुने वातावरण नबनाएकोमा भने असन्तुष्टि पोखेका छन् । उनले भनेका छन्, विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ । मुलत:  GenZ प्रदर्शनले स्थापित गरेको सुशासनको संकल्प र अठोट आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्दछ ।


    उनले अगाडि भनेका छन्, 'राजनीतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो । त्यसो गरेर भोलिका लागि भरपर्दो बनाउन सरकार नचुक्नुपर्थ्यो ।' अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी रहेको उनले बताएका छन् । उनले भनेका छन्, कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को मिति बाधक बन्नुहुन्न । हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौँ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट