images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले केन्द्रीय सदस्य भुपेन्द्र थापा अब चुनाव नलड्ने, सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

एमाले केन्द्रीय सदस्य भुपेन्द्र थापा अब चुनाव नलड्ने, सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
  • एमाले केन्द्रीय सदस्य भुपेन्द्र थापा अब चुनाव नलड्ने, सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

    काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भुपेन्द्रबहादुर थापाले ११ औं महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेका छन् । उनी एमालेको नवौं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य थिए ।

    म्याग्दी जिल्ला इन्चार्ज समेत रहिसकेका थापाले पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा नरहने बताएका हुन् । यद्यपी पार्टीप्रतिका निष्ठा र समर्थन सदैव रहेन समेत थापाले प्रष्ट पारेका छन् ।

    थापाले वक्तव्यमा भनेका छन्– 'यो पार्टीबाट मलाई जिल्ला विकास समितको उपसभापति,प्रतिनिधि सभा सदस्य जस्ता जिम्मेवारी दिएर समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरु,कार्यकर्ता कमरेडहरु म्याग्दीका आम जनसमुदायलाई हार्दिक धन्यबाद दिन चाहन्छु । मेरो पारिबारीक समस्याका कारण अब सक्रिय भुमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु । साथै सदैब आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमि रहने छैन’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट