images

Sep 29 2026 | २०८३, असोज १३ गते

मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य गर्नुपर्ने आवश्यकता : प्रधानमन्त्री कार्की

मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य गर्नुपर्ने आवश्यकता : प्रधानमन्त्री कार्की

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
  • मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य गर्नुपर्ने आवश्यकता : प्रधानमन्त्री कार्की


    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छिन्।


    आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । 

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन् ।

    उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन्।

    प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट