images

Sep 29 2026 | २०८३, असोज १३ गते

उम्मेदवार बन्ने तयारीमा राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा, दिए राजीनामा

उम्मेदवार बन्ने तयारीमा राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा, दिए राजीनामा

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १ २०८२
  • उम्मेदवार बन्ने तयारीमा राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा, दिए राजीनामा

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । 


    सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै उनले राजीनामा दिएका हुन् । 

    थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

     
    थापा २०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।

    २०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको सल्लाहकार बनेका थापा राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएका हुन् । 


    सल्लाहकारबाट राजीनामा र राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नेबारे जानकारी लिन खोज्दा थापा भने सम्पर्कमा आउन चाहेनन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट