images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु

एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २ २०८२
  • एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु

    काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो ।


    बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ ।

    यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि  प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।


    देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मत हाल्नेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष  ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्रतिस्पर्धा हुनेछ । दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नारा र भोट माग्ने क्रियाकलापले चुनावी माहौल तातेको छ ।

     

    मतदान सकिएलगत्तै मतगणना सुरु हुने र परिणाम छिट्टै सार्वजनिक हुने  बताइएको छ । महाधिवेशनले पार्टीको सङ्गठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट