images

Sep 29 2026 | २०८३, असोज १३ गते

जाँचबुझ आयोगका अध्यक्षको प्रधानमन्त्रीसँग भेट, ओली र लेखकसँग बयान लिने तयारी

जाँचबुझ आयोगका अध्यक्षको प्रधानमन्त्रीसँग भेट, ओली र लेखकसँग बयान लिने तयारी

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २ २०८२
  • जाँचबुझ आयोगका अध्यक्षको प्रधानमन्त्रीसँग भेट, ओली र लेखकसँग बयान लिने तयारी

    काठमाडौँ — २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन जाँचबुझ  गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ गरेका छन् ।

    उनले हालसम्म प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको र अब राजनीतिक तहमा रहेकाहरूको बयान सकेर प्रतिवेदन लेखनमा लाग्ने जानकारी गराए । 


    आगामी आइतबारदेखि राजनीतिकस्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको जानकारीसँगै अध्यक्ष कार्कीले आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्ने कि नगर्नेबारे पनि कुरा राखेका थिए ।

    उनले बयान सक्दा आयोगको मिति पनि सकिने भएकाले प्रतिवेदन लेखन अनि जेन-जीसँग भएको सम्झौताअनुसारको क्षेत्राधिकारबारे काम गर्नुपर्ने भएकाले केही समय म्याद थप गर्न उनले आग्रह गरेका थिए ।


    उनले आयोगको म्याद एक महिना थप्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरेको र प्रधानमन्त्रीले छलफल गर्ने र आवश्यक भए थपेर जाने जवाफ दिएकी थिइन् ।
    यसअघि मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट