images

Sep 29 2026 | २०८३, असोज १३ गते

संकट टार्न जनमत संग्रह नै एकमात्र विकल्प: दुर्गा प्रसाईं

संकट टार्न जनमत संग्रह नै एकमात्र विकल्प: दुर्गा प्रसाईं

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • संकट टार्न जनमत संग्रह नै एकमात्र विकल्प: दुर्गा प्रसाईं

    काठमाडौँ -सामाजिक अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले देशको वर्तमान संकट टार्न र वैदेशिक हस्तक्षेपबाट मुक्त गराउन आम नागरिकलाई आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्। 


    पछिल्लो समय व्यवस्था परिवर्तनको मुद्दा उठाउँदै आउनुभएका प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै अबको निकासका लागि आमूल परिवर्तनका लागि जनआन्दोलन, र जनमत संग्रहु अनिवार्य रहेको उल्लेख गरेका छन्।


    विशेषगरी पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्बिर राखेर सार्वजनिक गरिएको उक्त पोस्टले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। प्रसाईँले देशलाई जोगाउन र विदेशी शक्तिको प्रभाव अन्त्य गर्न आम नागरिक अब चुप लागेर बस्न नहुने तर्क अघि सारेका छन्। 


    उहाँले आफ्नो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान मार्फत जनतालाई सडकमा उत्रिन र निर्णायक परिवर्तनका लागि मानसिक रूपमा तयार रहन हार्दिक अनुरोध समेत गरेका छन्। पूर्वराजासँगको भेटघाट र यो पछिल्लो अभिव्यक्तिले प्रसाईँको आगामी रणनीति राजसंस्था पक्षधर शक्तिहरूसँग मिलेर अघि बढ्ने स्पष्ट संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट