images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले अध्यक्षमा ओली विजयी

एमाले अध्यक्षमा ओली विजयी

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • एमाले अध्यक्षमा ओली विजयी

    काठमाडौँ -नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् ।

    काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।

    ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

    ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

    बुधबार बिहानदेखि सुरु भएको मतदान बिहीबार बिहान सकिएको थियो । मतदान सकिएको करिब चार घण्टामा नजिता सार्वजनिक भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट