संसद् पुनःस्थापनामा पन्तको अडान
संसद् पुनःस्थापनामा पन्तको अडान
काठमाडौँ — एमाले उपाध्यक्षमा विजयी रघुजी पन्तले संसद् पुनःस्थापनाका लागि पार्टीले जोडदार भूमिका खेल्ने बताएका छन्।
राजनीतिक संकट समाधानका लागि हाम्रो जुन नारा छ, त्यसलाई अगाडि बढाउने काम हुन्छ । संसद् पुनःस्थापनाका लागि हामीले जोडदार आवाज उठाउनेछौं र त्यसका लागि आवश्यक प्रयास पनि गरिनेछ,’ पन्तले भने, ‘राजनीतिक दलहरूलाई लोकतन्त्रका लागि कसरी एकजुट बनाएर अगाडि ल्याउने भन्ने विषयमा पनि सक्रिय काम गर्छु ।’
एमाले संस्थापन पक्षबाट उपाध्यक्ष पदमा प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका पन्त १ हजार २ सय ५८ मतसहित विजयी भएका छन् ।
