images

Sep 29 2026 | २०८३, असोज १३ गते

४० वर्षमुनिको कोटाबाट सुनिता डंगोल भारी मतसहित एमाले केन्द्रीय सदस्यमा निर्वाचित

४० वर्षमुनिको कोटाबाट सुनिता डंगोल भारी मतसहित एमाले केन्द्रीय सदस्यमा निर्वाचित

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • ४० वर्षमुनिको कोटाबाट सुनिता डंगोल भारी मतसहित एमाले केन्द्रीय सदस्यमा  निर्वाचित

    काठमाडौँ -महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा उनले राजधानी विशेष क्लस्टरको ४० वर्षमुनिको युवा कोटाबाट भारी मतसहित जित हासिल गरेकी हुन्।

    डंगोलले कुल १६६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरू निकै पछि परेका छन्। एक जना मात्र निर्वाचित हुने उक्त क्लस्टरमा सन्तोष खड्का र राजन थापा उनका निकटतम प्रतिस्पर्धी थिए।

    मत परिणामअनुसार खड्काले ३३० मत ल्याए भने थापाले २२९ मतमा सीमित भए।

    यो नतिजाले सुनिता डंगोल पार्टीभित्र लोकप्रिय र प्रभावशाली युवा नेतृका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट