अध्यक्षमा निर्वाचित ओलीले तेस्रो कार्यकालका लागि शपथ लिए
अध्यक्षमा निर्वाचित ओलीले तेस्रो कार्यकालका लागि शपथ लिए
काठमाडौं ।अध्यक्षमा निर्वाचित ओलीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् बिहीबार सम्पन्न ११औं महाधिवेशनबाट उनी अर्का प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण भइरहेको छ ।
नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिइसकेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम भइरहेको छ ।
