images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दै

एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
  • एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दै

    काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो बस्दैछ।


    नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे बबहरमहल हाइटस्थित कार्की बैंक्वेटमा बस्ने गरी तय भएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए।

    ‘आज हाम्रो पहिलो केन्द्रीय कमिटी बैठक बस्दैछ। यो केन्द्रीय कमिटीले गर्नुपर्ने कामका सन्दर्भमा छलफल हुन्छ,’ उनले भने।

    एमालेको ११ औं महाधिवेशन शुक्रबार सकिएको थियो। महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भए। उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट